
इलाम। इलाममा ४० वटा बोरामा ल्याउँदै गरेको दुई हजार किलो छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको उक्त छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ ।
हिजो झापाबाट इलामतर्फ जाँदै गरेको बोलेरो जिपबाट जाँच गर्ने क्रममा छुर्पी फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
सूर्योदय नगरपालिका–२ का जिप चालक निमा तामाङलाई आवश्यक कारबाहीका लागि प्रहरीले सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा जिम्मा लगाएको जनाइएको छ ।