
काठमाडौं । भारतको हैदरावादमा सिक्ंदरावादको एक कवाडीखानाको गोदाममा लागेको आगालागीले गर्दा ११ मजदुरको ज्यान गएको छ।
मृत्यु हुने सबै अलग अलग राज्यका रहेका छन्। भारतीय सञ्चारमाध्यमले स्थानीयलाई उद्धृत गर्दै गोदाममा १२ मजदुर रहेको जनाएको छ। जसमध्ये १ जना त्यहाँबाट सुरक्षित उम्कन सफल भएका छन्।
दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाले गहिरो चोट लागेको उल्लेख गर्नुभएको छ । उहाँले समवेदना प्रकट गर्दै पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो।
आगलागीमा मारिएका ८ जनाको उमेर २० देखि ३० वर्षभित्र रहेको छ। २ जना ३० वर्ष माथि उमेरका थिए भने एक जनाको उमेर ४० वर्षभन्दा बढी थियो। दुर्घटनापछि ८ दमकल घटनास्थल पुगेका थिए। अहिले स्थिति नियन्त्रणमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।