लेटाङमा घट्नाको छानबिन गर्न एसएसपीको नेतृत्वमा छानविन समिति

विराटनगर । मोरङको लेटाङमा गत आइतबार एक महिला प्रहरीको ज्यान जाने गरी भएको घट्नाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय रानीले एक छानबिन समिति बनाएको छ ।
एसएसपी राजेन्द्र प्रसाद चौधरीको संयोजक्तोमा ५ सदस्य छानबिन समिति बनाएको प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रबत्ता नवीन राईले बताउनु भयो । उहाँका अनुसार सदस्यमा डिएसपी नवीन ढुङ्गाना रहनुभएको छ भने अन्य जवान तथा अनुसन्धान  अधिकृतहरू रहेका छन् ।
छानबिन समितिले प्रतिवेदन बुझाएपछि प्रतिवेदनका आधारमा थप प्रकृर्या अगाडि बढाइने एसपी राईले बताउनु भयो ।
 शिक्षा विकास माविका शिक्षक मनोज पौडेले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबिच झडप हुँदा १ प्रहरी जवानको ज्यान गएको थियो स्थानीय आन्दोलनकारीको आक्रमणबाट प्रदेश प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
 उत्त घट्नामा संलग्न भएको आरोपमा ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button