देशभरका सबै यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशभरका सबै यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताउनुभयो।

यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नवीकरणलगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो।

Back to top button