चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह

सिरहा । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ।

इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गर्नुभएको हो । तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओ कवारीले सचेत दिनुुभएको छ ।

सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा ३ सय २ वटा हातहतियार रहेको सिडिओ कवारीले जनाउनुभएको छ ।

Back to top button