एमाले केन्द्रीय कमिटी बैठक स्थलमा भएको कुटाकुट कार्यकर्ताको नभएर दुई पत्रकारको

काठमाडौं (एमालेको केन्द्रीय कमिटी बैठक सुरु नहुँदै दुईजना बीच कुटाकुट भएको भिडियो बाहिरयो ।

उक्त भिडियो हेरेर धेरै जनाले एमाले कार्यकर्ताबीच कुटाकुट भएको भनेर बुझे । कतिपयले फोन गरेर सोधे । र,केही सञ्चार माध्यमले एमाले कार्यकर्ता बीच कुटाकुट भनेर समाचार भने,लेखे र देखाए पनि । तर वास्तविकता यो होइन । दुईजना पत्रकारबीचको आपसी झगडा भौतिक आक्रमणमा परिणत भएको हो ।

बैठक स्थलमा खटिएका सुरक्षाकर्मीका अनुसार समाचार संकलनमा गएका सञ्चारकर्मीहरू अनलाइन न्यूज ‘१२ खरी’का फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापा सार्वजनिक स्थलमै कुटाकुटमा उत्रिनुभएको थियो । त्यस भिडिओ अहिले फेसबुक र टिकटक सञ्जालभरि भाइरल भएको छ।

प्रहरीका अनुसार दिउसो १२ बजे एमालेको केन्द्रीय कमिटी बैठक शुरु हुनै लागेको थियो। नेताहरू आउने क्रम जारी थियो।
अचानक हरिस क्षेत्री र श्याम थापा भिड्न थाल्नुभयो । नजिकै रहेका हिमालय टीभीकै अर्का पत्रकार विनोद थापा छु्ट्ट्याउन जानुभयो ।

कस्सिएर भिडिरहनुभएका उहाँहरूलाई विनोदले छुट्टाउन सक्नुभएन । अन्तिममा दुई जना प्रहरी आएर छुट्टाउन सफल भए । हरिश क्षेत्रीले आफूलाई अपशब्द बोलेकोले उहाँलाई हात हालेको श्याम थापाले बताउभयो । २७ पुसमा पृथ्वी जयन्तीको फोटो खिच्दा पनि दुई बिच विवाद भएको पत्रकारहरु बताउछन् ।

दोस्रो पटक नेकपा माओवादी केन्द्रका कार्यक्रममा झगडा भएको घटना देख्ने पत्रकारहरू बताउँछन्। नेकपा माओवादीको महाधिवेशन अघि भएको एक कार्यक्रममा सामान्य वादविवाद भएको थियो। आज भने कुटाकुट नै भएको हो।

Back to top button