
काठमाडौं । पूर्वी नेपालमा बुधवार ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस गरिएको छ ।
ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तर केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अहिलेसम्म क्षतीको भने कुनै विवरण प्राप्त भएको छैन ।