यू–१८ महिला साफ च्याम्पियनसिपको सबै खेलमा नेपाल पराजित

काठमाडौं । अठार वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सवै खेलमा पराजित हुन पुगेको छ । भारतको जमसेदपुरमा भएको अन्तिम खेलमा पनि नेपाल बंगलादेशसँग २ – १ गोल अन्तरको पराजय भोग्यो ।

नेपालले सुरुमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित बन्न पुगेको हो । खेलको चौथो मिनेटमा अमिशा कार्कीको गोल गर्दै नेपाललाई अग्रता दिलाएपनि त्यो अन्तिमसम्म रहन सकेन ।

खेलको ६८औं मिनेटमा बंगलादेशकी कप्तान साम सुनाहारले गोल गर्दै १–१ को बराबरीमा ल्याएको खेल ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गरेपछि बंगलादेशले २–१ को रोमाञ्चक जित निकाल्न सफल भयो ।

यसअघिको खेलमा पनि नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित बनेको थियो । तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल खेलेका सबै चार खेलमा पराजितमा हुन पुगेको हो ।

Back to top button