
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक आज गृह जिल्ला चितवन आउनुभएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताउनुभयो ।
चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उहाँले जिकिर गर्नुभयो । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’
प्रचण्ड निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएको हो । उहाँ भोलली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।