
पथरी शनिश्चरे । नेकपा एमाले प्रदेश सदस्य मोहन तुम्बापोले पथरीशनिश्चरेमा नेकपा एमालेप्रति थप लहर बढ्दै पार्टीलाई स्थानीयले आशाको केन्द्रका रुपमा लिएर अघि बढिरहेको बताउनु भएको छ ।
पथरी शनिश्चरे ७ नम्बर वडामा आठौं टोल कमिटी गठनका क्रममा लामाटोलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सबै सक्रिय भएर स्थानीय निर्वाचनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा, जिल्ला कमिटी सदस्य यमुना विष्ट वास्तोला, नगर कमिटी अध्यक्ष रमेश दाहालसहितले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अमिर कार्कीको अध्यक्षतामा २१ सदस्यीय लामाटोल टोल कमिटी र बिक्रम तामाङको अध्यक्षतामा राष्ट्रीय युवासंघ वडा कमिटी गठन भएको छ ।