न्यायिक सञ्जालबाट मुख्य न्यायाधिसको विदाई

पथरी शनिश्चरे । मोरङको न्यायिक सञ्जालले एक कार्यक्रमकाबीच उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठलाई विदाई गरेको छ ।

विराटनगर महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मुख्य न्यायाधिस श्रेष्ठबाट आफुहरुलाई न्याय सम्पादनमा सहजिकरण गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउने भूमिका निर्वाह गर्नुभएकोप्रति धन्यवाद ज्ञापनका साथ उहाँलाई विदाई गरिएको हो ।

जिल्लाका पालिकाहरुका न्यायिक समितिका संयोजकहरु रहेको न्यायिक सञ्जाल अन्तर्गत विराटनगर महानगरपालिकाकी न्यायिक समिति संयोजक इन्दिरा कार्कीको अगुवाईमा उहाँलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा, पथरी शनिश्चरे, बेलबारी, सुन्दरहरैंचा, रंगेली र बुढीगंगाका न्यायिक समिति संयोजक तथा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको सहभागिता रहेको थियो । मुख्य न्यायाधिस श्रेष्ठ सर्वोच्च अदालत काठमाडौंमा सरुवा हुनु भएको हो ।

Back to top button