
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लोदिन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला १ हजार १ सय रुपैयाँले बढे्को हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ छ ।
यसको मूल्य हिजो प्रतितोला ९८ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।