कान्तीपुर कलेजद्वारा छात्रवृत्ति पाउने विद्यार्थी सम्मान

विराटनगर । विराटनगर–१० मा रहेको कान्तीपुर कलेजले मेडिकल तथा इन्जिनियरिङमा छात्रवृत्ति पाउने विद्यार्थीलाई सम्मान गरेको छ ।कलेजले एक कार्यक्रमको आयोजना गरेर मेडिकल तथा इन्जिनियरिङमा छात्रवृत्ति पाउने विद्यार्थीलाई सम्मान गरेको हो ।

कलेजमा प्लस टु अध्ययन गरेका प्रज्वल खडकाले भारतको भावु साहेव मेडिकल कलेज महाराष्ट्रमा पूर्ण छात्रवुत्तिमा नाम निकाल्न सफल भएको प्रिन्सिपल भुवन नेपालले बताउनुभयो ।

एटलान्टिक चौधरी, मुकेश पञ्जियार, आस्था श्रेष्ठले नेपालको विभिन्न मेडिकल कलेजमा नाम निकाल्न सफल हुनुभएको छ भने शर्मिला चौधरी, हुलास साह, प्रज्वल भट्टराई, रोजन अधिकारीले इन्जिनियरिङमा नाम निकाल्न सफल भएको प्रिन्सिपल नेपालले बताउनुभयो ।

यस्तै कलेजले लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. तेजनारायण मण्डल, सञ्चालकहरु जनक अधिकारी, रोशन राजवंशी, हिमाल बराल र शंकर काफ्ले लगायतले पुरस्कार वितरण तथा सम्मान गर्नुभएको हो ।

Back to top button