काँग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा राई

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उहाँलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गर्नु भएको हो ।
राई यसअघि दलका सचेतक हुनुहुन्थ्यो ।

तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त थियो ।

कार्की गत कातिकमा मन्त्री बन्नु भएको थियो ।

Back to top button