स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छाप्ने तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि करीब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो।

अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताउनु भयो ।

अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ । त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको उहाँले बताउनु भयो ।

जनक शिक्षा सामाग्री केन्द्रसँग मतपत्र छपाई गर्नेबारे छलफल भइरहेको भन्दै उहाँले जनक शिक्षाले छाप्न नसकेमा अर्को विकल्प खोज्नुपर्ने बताउनुभयो ।

Back to top button