
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।
कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली रहनुभएको छ ।
कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालयमा पेश गर्ने जिम्मेवारी दिइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
एमालेले ९ वैशाख २०७९ मा केन्द्रमा घोषणपत्र र र हरेक स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।