शेखर पक्षले बोलयो नेवि संघ र तरुण दलको छुटै भेला

काठमाडौं । नेपाली कांग्रेसको डा . शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलको छुटै भेला बोलाउनु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाएको हो । नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गर्नु भएको थियो ।

कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ ।

Back to top button