पल शाहलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश

तनहुँ । नावालिक गायिकासँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभन देखाएर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै नायक शाहविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । पीडित गायिका र आरोपित शाहले दिएको बयानका आधारमा उनीविरुद्धको कसुर पुष्टि भएको हो ।

पल विरुद्ध जिल्ला नवलपुरमा पनि त्यस्तै प्रकृतिको अर्को मुद्दा परेको छ ।

शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान हुनु भएको छ । उहाँलाई पनि अदातलले जेल सजाय सुनाएको छ ।

Back to top button