गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक आज बस्दै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे बस्न लागेको हो ।

शर्माका अनुसार संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुनेछ ।

बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ ।

बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुने जनाइएको छ ।

Back to top button