![](https://koshisandesh.com/wp-content/uploads/2022/03/Kp-sharma-oli.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/03/Kp-sharma-oli.jpg)
उदयपुर । मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर आउँदै हुनुहुन्छ ।
त्रियुगा नगरपालिका– १० मा स्थापना भएको आँखा अस्पतालको दिउँसो साँढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो । अस्पताल ३० बेडको छ ।
यस्तै अध्यक्ष ओलीले उदयपुरमा आज एमालेले आयोजना गरेको बृहत्त जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभामा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका १ हजार ५ सय जना भन्दा बढी कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम एमाले उदयपुरले जनाएको छ ।