सुन तोलामा ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Back to top button