भद्रपुर स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न

विराटनगर । भद्रपुर स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा नेपाल स्काउट भद्रपुर नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक जीवन कुमार श्रेष्ठ र उपप्रमुख एवं स्थानीय प्रमुख स्काउट चन्द्रमाया श्रेष्ठलाई नेपाल स्काउटका १ नं. प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनालले दीक्षित गर्नुभएको हो ।

स्थानीय तदर्थ समितिलाई स्थानीय प्रमुख स्काउट चन्द्रमाया श्रेष्ठले दिक्षान्त प्रदान गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रदेश संयोजक खनालले नेपाल स्काउटको विकास र प्रवर्धनमा भद्रपुर नगरपालिका उदारणीय हुने र स्थानीय स्काउटको पहलकदमी तथा सहयोगमा स्थानीय निकायमा स्काउटिङ्ग गतिविधि व्यापक हुने विश्वास ब्यक्त गर्नुभयो ।

दिक्षान्त कार्यक्रममा नेपाल स्काउट, राष्ट्रिय तदर्थ समिति सदस्य बिजेन्द्र ध्वजुको बिशेष उपस्तिथि रहेको थियो । यस्तै प्रदेश तदर्थ समिति सदस्यहरु, स्काउट लिडरहरु, रोभर तथा रेन्जरहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Back to top button