
काठमाडौं । नेकपा एमाले समर्थित युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले बमलाई गएराति पक्राउ गरेको हो।
पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ। महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा बमविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ।
सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्न म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।