
काठमाडौं । गायिका मेलिना राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा अर्को नयाँ रोमाञ्चक म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो।
लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको मोडल अमिका महत क्षेत्रीको ‘मन मनै त हो’का शब्द अर्जुन रत्न भिखारीको हो ।
सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ । म्युजिक भिडियोमा नायक ध्रुव दत्त र महतको अभिनय रहेको छ।