आफ्नै घरको आँगनबाट हराइन् ४ वर्षीया बालिका

जनकपुरधाम । जनकपुरधामकी एक बालिका आफ्नै घरको आँगनबाट हराएकी छिन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि हिजो साँझ बाट घरबाटै हराएकी हुन्।

आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको परिवारजनले जनाएका छन्। बालिकालाई कसैले अपहरण गरेर लगेको हुनसक्ने स्थानीयको आशंका छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी भइरहेको जानकारी दिनुभयो।

Back to top button