
धनगढी । बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गर्नुभएको छ ।
जयपृथ्वी नगरपालिकाको वडा नं.१० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बापदको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिनुभएको हो ।
उहाँले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत वडाध्यक्ष बिष्टले आज आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिनुभएको हो । भोपुरलाई प्रदान गर्नुभएको हो ।
उहाँ २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी विजयी हुनुभएको थियो।