गठबन्धन गर्न ओली पूर्वराजा ज्ञानेन्द्र निवास पुगे: नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आज अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।

‘सत्तारुढ गठबन्धनलाई तोड्न ओली लागिपरेका छन्’, उहाँले भन्नुभयो, ‘तर, उनी पनि गठबन्धन गर्दैछन्। कोसँग थाहा छर? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजेका छन्। विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन्।’

उहाँले आसन्न निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताउनुभयो। नेता नेपालले गठबन्धन बाहिरका विचार मिल्ने दलहरूबाट पनि तालमेल गर्न प्रस्ताव आएको जानकारी दिनुभयो।

Back to top button