अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने

काठमाडौं । बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जानुहुने भएको छ ।

उहाँलाई तनहुँ अदालतले पुर्पक्षका लागि कारागार पठाउन बिहीवार आदेश दिएको थियो ।

पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् ।

पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ ।

Back to top button