
काठमाडौं । डा. शेखर कोइराला समूह निकट युवा तथा विद्यार्थीहरुले शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।
सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा जादै हुनुहुन्छ ।
देउवा आइरहेको थापाएपछि पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरेका हुन ।