मन्त्रीद्वय आले र श्रेष्ठ एमाले प्रवेश गर्ने भनेर अफवाह फैलाइयो:माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेशको लहर चलेको देखेपछि मन्त्रीद्वय प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्ने भनेर अफवाह फैलाइएको बताउनु भएको छ ।

पार्टीको पक्षमा जनलहर देखिएपछि भ्रम फैलाउन खप्पिसहरूले झुट फैलाएको उहाँको आरोप रहेको छ ।

अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले मन्त्रीद्वय आले र श्रेष्ठ बालकोट पुगेर एमालेका सहभागी हुने झुटो समाचारमा सम्प्रेषण भएको समेत उहाँले बताउनु भयो ।

उहाँले त्यही कुरा बुझ्नको लागि मलाई सयौं फोन आएको बताउनु भयो ।

Back to top button