
काठमाडौं । मुक्ति टेलिचलचित्रकी सरिता लामिछानेको चलचित्र ‘सरी मम’ को छायाँकन शुरु भएको छ। भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाँकन शुरु गरिएको हो।
छायाँकन शुरु भएसँगै सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिनुभएको थियो । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गर्नुुभएको थियो ।
विनोद लामाको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा सरिता र प्रभात बाहेक सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । चलचित्रको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने चलचित्रलाई नविन बोगटीले निर्देशन गर्दैहुनुहुन्छ । उहाँले निर्देशनबाट निर्देशनमा डेव्यू गर्दैहुनुहुन्छ ।
३० को छायांकन सेड्युल राखिएको सिनेमालाई दीर्घ गुरुङले छायांकन गर्नुहुनेछ । सामाजिक कथावस्तुमा निर्माण गरिने चलचित्र आगामी वर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताउनुभयो ।