थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २७१ मुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा २ सय ७१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संक्रमणको कारण कसैले पनि ज्यान गुमाएका छैनन्। पछिल्लो समयमा कोरोना संक्रमणदर कम रहेको छ। मन्त्रालयका अनुसार १ दशमलव २ प्रतिशत मात्र कोरोना संक्रमणदर रहेको छ।

हाल देशभर १ हजार ९ सय ६० जना संक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा करिब ६४ हजार ३ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

Back to top button