अन्तत: घरेलु मैदानमा नै पपुवा न्युगिनीले जित्यो नेपाललाई

काठमाडौं । नेपाल भ्रमणमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ।

पछिल्ला चार खेलमा पराजित भएको पिएनजीले अन्ततः नेपाललाई उसकै मैदानमा ६ रनले हराउँदै पहिलो जीत निकाल्न सफल भएको हो । पिएनजीले आफ्नो एकदिवसीय करिअरकै सर्वाधिक २ सय ९२ रन बनाएपछि जीत सहज भएको थियो ।

जवाफमा नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमात्रै बनाउन सक्यो । पाहुना टोलीविरुद्व नेपालका लागि रोहित पौडेलले सानदार ब्याटिङ गर्दै इतिहासकै सर्वाधिक धेरै रन बनाए पनि जीत निकाल्न सकेन र नेपाल ६ रनले चुक्न पुग्यो ।

नेपालले ब्याटिङ गर्दै एकदिवसीय करिअरमा बनाएको २ सय ८६ रन सर्वाधिक हो। नेपालले यसअघि सर्वाधिक धेरै रनका रुपमा युएईलाई सन् २०१९ मा २ सय ५४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपाले ४४ दशमलव ४ ओभरमा २ सय ५५ रन बनाएर पुरा गर्दै ऐतिहासिक जित निकालेको थियो।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले उसको एकदिवसिय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो। उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको थियो।

यसअघि पिएनजीले हङकङविरुद्व सन् २०१४ मा २ सय ६४ रन बनाएको थियो। पिएनजीका लागि चार्लेस अमिनीले सर्वाधिक ७७ रनको स्कोर बनाए।

त्यस्तै कप्तान आसाद भालालाई ६० रन बनाउँदा नोर्मन भनुवाले २८ बलमा ४७ रनको विष्फोटक इनिङ खेले। पिएनजीको उच्च स्कोरमा टोनी उराले ३८ रन बनाए।

त्यस्तै रिले हेकुरेले ३१ रन जोडे। जसन किला १३ रनमा अविजित रहे। नेपालका लागि कमल सिंह ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिँदा सन्दीप लामिछाने र पवन सर्राफले समान १–१ विकेट हात पारेका थिए।

२ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहित पौडेललले कीर्तिमानी इनिङ खेले। उनले १ सय २६ रन बनाउँदै पहिलो एकदिवसीय शतक प्रहार गरे ।

त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३२ रन बनाएर आउट हुँदा आरिफ शेख ३४ रन बनाएर पेभिलियन फर्किए । त्यस्तै सोमपाल कामी र कमल सिंह ऐरी समान १८–१८ रनमा अविजित रहे। त्यसअघि अनिल साह ६ रनमा आउट हुँदा डेभ खनाल शुन्य रनमा आउट भए ।

त्यस्तै पवन सर्राफ ७ रनमा पेभिलियन फर्किएका छन्। पिएनजीका लागि चार्लेस अमीनी, असाद भालाले समान २(२ विकेट लिँदा नोरमान भनुवाले ३ विकेट लिएका थिए।

Back to top button