आजदेखि आइपिएल सुरु हुँदै

काठमाडौं । टि–२० क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आइपिएल आजदेखि सुरु हुँदैछ।

पहिलो खेलमा गत संस्करणको च्याम्पियन चेन्नईले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ। खेलको दुई दिनअघि मात्रै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छाड्दै रविन्द्र जडेजाले चेन्नईको कप्तानी समाल्नुभएको छ ।

पछिल्लो पटक धोनीले २०१९ अप्रिल २६ मा टिमको कप्तानी गर्नुभएको थिएन। त्यसयता पहिलो पटक धोनी मैदानमा उत्रिंदै हुनुहुन्छ । २०१९ को सिजनका दुई खेलमा धोनी फिट नभएपछि सुरेश रैनाले कप्तानी गर्नुभएको थियो।

कोलकाता भने श्रेयस अय्यरको कप्तानीमा मैदानमा उत्रिंदै छ। पछिल्लो सिजन टिमको कप्तानी इंग्ल्यान्डका इयोन मोर्गनले गर्नुभएको थियो। तर‚ उहाँलाई यो साल अक्शनमा कुनै टिमले खरिद गरेनन्। दिल्लीको कप्तान गरिसकेको तथा टिमलाई फाइदलसम्म पुर्‍याएकाले अय्यरलाई अनुभवी खेलाडी मानिन्छ।

यी दुई टिमबिच आइपिएलमा अहिलेसम्म कुल २८ खेल भएका छन्। जसमा १८ खेलमा चेन्नईले जित निकालेको छ। जहाँ ९ खेलमा कोलकाताले जित हासिल गरेको छ। एक खेल भने नतिजाविहीन भएको छ।

पछिलो पटक २०२१ अक्टोबर १५ मा यी दुई टिम एक अर्काविरूद्बद्ध भिडेका थिए। जहाँ चेन्नईले २७ रनको जित निकालेको थियो।

Back to top button