
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ।
‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधा ९भ्ँँ० अन्तर्गत ३०–महिना विस्तारित व्यवस्थालाई अनुमोदन गर्यो’, हिजो विज्ञप्तिमा भनिएको छ।
यस्तै, आईएमएफले सार्वजनिक गरेको विज्ञप्तिमा अर्जेन्टिनाको वित्तलाई सुदृढ पार्ने र निरन्तर उच्च मुद्रास्फीतिलाई कम गर्न लक्ष्य राखेको जनाएको छ।
अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेको छ। जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ बोकिरहेको छ।