दुई वर्षदेखि बन्द भएको याफ्टिङ सञ्चालनमा

काठमाडौं। दुई वर्षदेखि बन्द भएको (याफ्टिङ व्यवसाय फागु पर्वसँगै पुनः सञ्चालन हुन थालेको छ ।

कोरोना महामारीका कारण बन्द रहेको यस क्षेत्रमा फागु पर्वपछि आन्तरिक पर्यटक (याफ्टिङ गर्न आएसँगै व्यवसाय सुरु भएको हो ।

नेपाल एसोसिएसन अफ (याफ्टिङका पूर्वअध्यक्ष नानीबाबु थापाले भन्नु भयो, “दुई वर्ष बन्द भएको व्यवसाय यसै हप्ताबाट सञ्चालनमा आएको छ, अब चल्छ कि भन्ने आशा पलाएको छ । ”

उहाँका अनुसार भोटेकोसी, त्रिशूली, कालीगण्डकी, सुनकोसीलगायतका नदीमा अहिले आन्तरिक पर्यटक (याफ्टिङ गर्न आउन थालेका छन् ।

दुई वर्षको अवधिमा व्यवसाय बन्द भएपछि ३० जनाभन्दा बढी व्यवसायी पलायन भइसकेका छन् । थापाले भन्न्ुभयो, “कति व्यवसायीले छाडे भन्ने विवरण हामीले सङ्कलन गर्दै छौँ, कार्यालय नै बन्द गरेर बस्ने धेरै छन् । व्यवसाय प्रवद्र्धन गर्ने र पर्यटक वृद्धि हुने कार्यक्रम सरकारले ल्याउन नसक्दा (याफ्टिङ व्यवसाय जोखिममा परेको छ ।

Back to top button