मैत्रीपूर्ण फुटबल: नेपाल र थाइल्याण्डको चोनबरी क्लबसँग प्रतिस्पर्धा

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि अभ्यासमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज थाइल्याण्डको क्लब चोनबरीसँग प्रतिस्पर्धा गर्दैछ।

थाइल्याण्ड भ्रमणमा रहेको नेपाली टालीले नेपाली समय अनुसार साँझ पौने ६ बजे स्थानीय क्लब चोनबरीसँग उसको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २–० ले पराजित भएको थियो। एसियन कप छनोटमा नेपाल समूह ए मा छ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। नेपाल रहेको समूहका छनोट खेल जुन ८ देखि १४ सम्म कुवेतमा हुनेछन्। यस्तै, नेपालले पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ।

त्यस्तै दोस्रो खेलमा नेपाल ११ जुनमा कुवेतविरुद्ध मैदान उत्रिने छ भने १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्ने छ।

Back to top button