राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङ आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो। वाङले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै हुनुहुन्छ ।

मन्त्री वाङले हिजो प्रधानमन्त्री शेरबारहदुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। भेटपछि उहाँले प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गर्दै वाङले पोखरा विमानस्थकोे साँचो नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो।

मन्त्री वाङ र समकक्षी नारायण खड्काबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता हुने क्रममा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री डा. खड्काको निमन्त्रणामा गतशुक्रबार तीनदिने भ्रमणमा नेपाल आउनुभएका विदेशमन्त्री वाङ आज दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ।

Back to top button