
विराटनगर । प्रदेश १ सरकारले चालु हिउँदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले चालु हिउँद तथा नवौं अधिबेशन अन्त्य गर्ने निर्णय गरेको यातायात ब्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले बताउनुभयो ।
राति १२ बजे देखि बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले उत्त निर्णय गरेको हो ।