
काठमाडौं । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्यवृद्धि भएको छ।
आज पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ। यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ। भारतमा ६ दिनमै पाँचपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि
त्यस्तै डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रतिलिटर भारु ८९ दशमलब ८७ थियो।
मूल्यदर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ। पछिल्लो पटक २२ मार्चमा मूल्यवृद्धि भएको थियो। यसअघि चारै पटक प्रतिलिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो।