गौशालामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको गौशालामा आज बिहान कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्। उनको पहिचान खुल्न सकेको छैन। चावहिलबाट सिनामंगलतर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको हो।

Back to top button