एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टचार भेटवार्ता

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टचार भेटवार्ता भएको छ।

ओली र वाङ बीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख डा. राजन भट्टराई, पूर्वराजदूत डा. अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी हुनुहुन्थ्यो।

तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आउनुभएको वाङ आजै स्वदेश फर्कने तालिका छ।

Back to top button