आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुँदैछ।

दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछ भने मुम्बईको कप्तानी रोहित शर्माले गर्नुहुनेछ ।

यस्तै दोस्रो खेलमा पञ्जाब किङ्स र रोयल च्यालेञ्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईको डीवाई पाटिल स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुँदैछ।

पञ्जाबको कप्तान मयंक अग्रवाल छन् भने बैंगलोर फाफ डु प्लेससको कप्तानीमा छ।

Back to top button