स्वदेश फर्किनुभयो चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुभएको छ ।

विदेशमन्त्री वाङ आज अपरान्ह स्वदेश फर्किनुभएको हो । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गर्नुभएको छ ।

गत शुक्रबार काठमाडौं आउनुभएका विदेशमन्त्री वाङले हिजो र आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । हिजो दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।

Back to top button