मधेसको प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेस प्रदेशसभा बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेस गर्दै बैठक स्थगित भएको छ। आज बोलाइएको प्रदेशसभा बैठकमा ४ वटा कार्यसूची रहेकामा ३ वटा कार्यसूचीलाई हटाउँदै बैठक स्थगन गरिएको हो।

सभामुख सरोज यादवले आजको कार्यसूचीबाट क्रम संख्या १, २ र ४ हटाएपछि समितिमा रहेको प्रतिवेदन पेस भएपछि बैठक स्थगन गरिएको हो।

कृषि तथा भूमि व्यवस्था समितिका सभापति मदन सेन प्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस भएपछि बैठक स्थगन भएको हो ।

आजको बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा पेस गरेको प्रदेश प्रहरी गठन, सञ्चालन तथा भर्नासम्बन्धी संकल्प प्रस्तावमाथिको छलफल, छलफलका क्रममा उठेका प्रश्नको जवाफ र पारित गरियोस् भन्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।

त्यस्तै, सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव, त्यसलाई पेस गर्ने, प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक सभामा पेस गर्ने कार्यसूची रहेकामा त्यसलाई हटाइएको हो।

यता, सत्ता घटक दल कांग्रेसका सांसद शिवचन्द्र चौधरीले पछिल्लो बैठकमा मन्त्रीहरू उपस्थित नभएपछि आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, ‘नाममा जे अर्थ लगाए पनि मन्त्री, सहायक मन्त्री, राज्यमन्त्री सबै मन्त्री नै हुन्छ। यो हाम्रो ४ वर्षको इतिहासमा पहिलो पटक राज्यमन्त्रीसरह नै किन नहोस् जवाफदेही लिएर आउनुपर्ने वा खटाउनुपर्‍यो कि सदनमा उठेको कुरा टिपोट गरेर सम्बन्धित मन्त्री वा क्याबिनेटमा जानकारी गराउनुपर्ने। त्यसरी व्यवस्था नहुँदा सभामुखलाई रुलिङ गरेर मन्त्रीहरूलाई झिकाउनुपर्‍यो।’

सभामुखले रुलिङ गरेर झिकाउनुपर्ने सदनको गरिमा घटाउने कुरा भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अब यस्तो अवस्था नदोह्रिन दिन मन्त्री मुख्यमन्त्रीलाई सचेत हुनुप¥यो। अबको बैठकमा कम्तीमा एउटा जवाफदेही लिएर मन्त्री उपस्थित हुनुपर्छ।’ प्रदेशसभा बैठक चैत १४ गते बिहान ११ बजे बस्नेछ।

Back to top button