
काठमाडौं । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन हुनुभएको छ ।
उहाँलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गर्नुभएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनले आज उहाँलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गर्नुभयो ।
आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ । बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको सूचना प्रविधि विभाग प्रमुख रविन चाम्लिङले जानकारी दिनुभयो।
यस्तै भोलिदेखि अध्यक्ष लिङ्देनले विभिन्न जिल्लामा चुनाव केन्द्रीत आमसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।