सेनामा पाइलट देखी विभिन्न पदहरूमा खुल्यो जागिर (सुचना सहित )

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले लेखा उप सेनानी, प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

सोमवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सेनाले दरखास्तका लागि आह्वान गरेको छ ।

सेनाले विभिन्न पदमा करिब २ सय कर्मचारी माग गरेको हो ।

आवेदन चैत १४ देखि बैशाख १३, २०७९ सम्म र दोब्बर दस्तुरसहित थप सात दिन बैशाख १४ देखि बैशाख २० गतेसम्म दिन सकिने सेनाले जनाएको छ ।

Back to top button