समयमै काम पूरा नगर्ने३१ निर्माण व्यवसायीहरूलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । सरकारले विभिन्न सडक तथा पुल निर्माण सुधारको कार्यको प्रगति सन्तोष्जनक नरहेको भन्दै ठेकेदारहरूलाई स्पष्टीकरण सोधेको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै सडक विभागले ३१ वटा आयोजनाको काम समयमै पूरा नगर्ने निर्माण व्यवसायीहरूलाई स्पष्टीकरण सोधेको हो ।

विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंले ३१ वटा आयोजनाहरूको निर्माण कार्यमा असन्तुष्टी जनाउँदै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।

अन्यथा प्रचलित कानून र ठेक्का सम्झौताका शर्तहरू बमोजिम कारबाही अगाडि बढाइने समेत कार्यालयले जनाएको छ ।

शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.देखि अन्य विभिन्न कम्पनीहरूमाथि कार्यालयले स्पष्टीकरण सोधेको छ ।

Back to top button