रोहित पौडेल त्रिकोणात्मक सिरिजमा समावेश

काठमाडौं । रोहित पौडेल त्रिकोणात्मक सिरिजका लागि टिममा पर्नुभएको छ ।

यसअघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा मात्र रहनुभएका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि पनि समावेश गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज आजदेखि सुरु हुँदै छ। नेपालले आज पहिलो खेलमा पीएनजीसँग खेल्दै छ।

यस्तै, रोहितले पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा शतक प्रहार गर्नुभएको थियो ।

Back to top button