
काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर नेताहरु एमाले प्रवेश गरेका हुन् ।
अध्यक्षको सचिवालयका अनुसार महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख, जलेश्वर नगरपालिकाका उपमेयर मनचुन देवी, रामगोपालपुर–३ का वडाध्यक्ष जनयनारायण मण्डल, ४ का उमेश महतो, ८ का राम विलास मण्डल, लोसपा नेता विश्वश्वर महतो, एकीकृत समाजवादीका बारा अध्यक्ष राम यादव र सोही पार्टीका रौतहट जिल्ला सदस्य रामविनोद साह पनि एमाले प्रवेश गर्नुभएको छ ।